देउवा सवत्र असफल भएको पौडेलको आरोप

साउन २५, काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेबरहादुर देउवा सवत्र असफल भएको आरोप लगाएका छन्।

उनले तोकिएको समयमा महाधिवेशन हुने आशंका गर्दै सभापतिका रुपमा देउवा असफल भएको आरोप लगाएका हुन्। सामाजिक संजाल फेसबुकमा आक्रोश पोख्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर ६ महिना थपियो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काग्रेसलाई निर्वाचन आयोगसँग भीक माग्ने निरीह अवस्थामा पुर्याएको छ। यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लावरवाही के हुन्छ ? यो देशकै बिडम्बना हो। सवत्र असफल भएका व्यक्ति बारम्बार नै सत्ता सम्हाल्न पुग्छन्।’

०७२ सालमा भएको १३ औं महाधिवेशनको चार वर्षे कार्यकाल पूरा भइसकेको छ। त्यसयता विधानले दिएको अधिकार अनुसार अतिरिक्त एक वर्षको कार्यकाल थप्न पाउने अधिकारपनि प्रयोग गरिसकेर पनि राजनीतिक दलसम्बन्धी धारा २६९ को उपधारा ४ ९ख० को व्यवस्था अनुसार ६ महिना समय थप गरी भदौ भित्र अधिवेशन गर्नैै पर्ने संवैधानिक संकटमा कांग्रेस रहेको छ।

तोकिएको समयमा महाधिवेशन नहुने भएपछि कांग्रेसको महाधिवेशन र वैधानिकताको विषयमा शिर्ष तहबाट निर्वाचन आयोगको पदाधिकारीहरुसँग छलफल भएको थियो। कानून मन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र निर्वाचन आयुक्त दिनेश थपलियाबीच अधिवेशनको कानूनी र संवैधानिकता सहजताको विषयमा छलफल भएको बताइएको छ।

उक्त छलफलमा कोरोना काललाई शुन्य समय मान्न सकिने र पुषसम्म कुनैपनि हालतमा अधिवेशन सम्पन्न गर्ने विषयमा आयोगको पदाधिकारी सकारात्मक भएको स्रोतले जनाएको छ। छलफलमा कोरोना काललाई शुन्य समय मान्न सकिने र पुषसम्म कुनैपनि हालतमा अधिवेशन सम्पन्न गर्ने विषयमा आयोगको पदाधिकारी सकारात्मक भएको स्रोतले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.