साउन २५, काठमाडौँ । आज देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश–१,लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा हुने पहाडी भू–भागमा भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

