नगरपालिका तोडफोडमा संलग्नलाई कारवाहि गर्न नुवाकोट एमालेको माग

साउन १९, नुवाकोट । जिल्लाको विदुर नगरपालिका कार्यालय तोडफोडमा संलग्न व्यक्तिहरुलाई कानुनी कारवाहिको दायरामा ल्याउन नेकपा एमाले नुवाकोटले प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ।

नेकपा एमाले जिल्ला सचिव बुद्धि बहादुर प्रधानद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानुन हातमा लिएर सार्वजनिक सम्पति तोडफोड गर्ने अपराधिक काम भएकोले यस्ता घटनाका दोषिले उन्मुक्ति पाउनु भनेको लोकतन्त्र र कानुनी राज्यको उपहास हुने बताउदै घटनामा दोषिहरुको कानुनी कारवाहिको लागि माग गरिएको छ। विज्ञप्तिमा भ्रष्टाचार र वेथिति भएमा त्यस्का विरुद्ध कानुनी र न्यायिक अड्डामा जान पाउने अधिकारलाई प्रयोग नगरि काङ्ग्रेसका जिम्मेवार नेताहरु र जननिर्वाचित प्रतिनिधिहरुको अगुवाईमा जसरी तोडफोडमा काङ्ग्रेस उत्रियो यो लोकतन्त्रको खिल्लि मात्रै हैन न्यायलय र कानुन माथिको नियन्त्रण पनि हो। संघ,संस्थाको नेतृत्वमा रहेकाहरुले काङ्ग्रेस जिन्दावाद भन्दै राजनितिक प्रतिसोधले घटाईएको घटनामा नेकपा एमाले मुकदर्शक भएर बस्न नसक्ने भन्दै कानुनी कारवाहि नभए प्रतिरोधमा उत्रने चेतावनि पनि विज्ञप्तिमा दिईएको छ।

सोमवार विदुर नगरपालिका कार्यलयमा विदुर नगरपालिका– १३ मा संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागि छुट्टाईएको बजेट अनियमितता भएको विरोध गर्ने क्रममा नगरपालिकामा तोडफोड भएको थियो । तर विदुर नगरपालिकाले वडा नम्बर १३ को फलफुल तथा कागती पकेट क्षेत्रको लागी बिरुवाको एक रुपैयाँ पनि रकम भुक्तानी दिएको छैन् । पकेट क्षेत्रमा निर्माण भएको सिञ्चाई लगाएतको पूर्वाधार बिकासको कामको मात्रै ६ लाख ९८ हजार रुपैयाँ रकम भुक्तानी दिएको नगरपालिकाले जनाएको छ ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.