छिन्नमस्ता मन्दिरको चाँदीको मुकुट चोरी

साउन १८, सप्तरी।सप्तरी जिल्लामा रहेको मुलुककै प्रसिद्व शक्तिपिठ छिन्नमस्ता सखडेश्वरीको चाँदीको मुकुट आइतबार साँझ ८ बजे चोरी भएको छ।

छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लगाइएको चाँदीको मुकुट (मस्तक) चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले जानकारी दिए।

साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको महतोको भनाइ रहेको छ। चोरी भए लगत्तै छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। चोरी भएपछि सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्रप्रसाद धमला नेतृत्वमा खटिएको प्रहरी टोली खोजी कार्यलाई तीव्रता दिएको आचार्यको भनाइ छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.