एमाले स्थायी कमिटी बैठक केही बेरमा बस्दैः के के छन् एजेन्डा ?

साउन १७, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ। शनिबारको लागि तय भएको बैठक बस्दै नबसी स्थगन भएपछि सूचना टाँस गरेर आजका लागि बैठक सारिएको थियो।

शनिबारका लागि तय भएको बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा स्थगन भएको हो। पार्टीमा एकता कायम गर्न अन्तिम प्रयासस्वरुप एक दिन समय मागेपछि बैठक सारिएको थियो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्नेछ। आजैको एमाले स्थायी कमिटी बैठकले पार्टीमा एकता कायम गर्ने बारे वार कि पार लगाउने बुझिएको छ।

के के छन् एजेन्डा ?
आजको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरणरवितरण सम्बन्धमा छलफल गर्ने तयारी रहेको सचिव तामाङले केन्द्रबिन्दुलाई जानकारी दिए। त्यस्तै पार्टी एकता सम्बन्धी महत्वपूर्ण निर्णय गरिने पनि उनले बताए। एकता प्रक्रिया अघि बढाउन भन्दै विघटित कार्यदलका नेताहरूको आग्रहपछि शनिबारको बैठक स्थगन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए।

यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि विघटित कार्यदलका सदस्यहरुको हिजो सिंहदरबारमा बसेको अनौपचारिक छलफलपछि बैठक स्थगन गर्न आग्रह गरिएको बताएका थिए। तर यसबीच दुई शीर्ष नेता (ओली र नेपाल) बीच आरोपप्रत्यारोप झन् बढेको छ। यसबाट दुई पक्षबीच एकता अझ जटिल बनिरहेको देखिन्छ। आजै विघटित कार्यदलका केही सदस्यहरू माधव नेपाल भेट्न कोटेश्वर पुगेका थिए। बैठकमा सहभागिता, दुई शीर्ष नेताहरूबीच ुवान टु वानु वार्ता र १० बुँदे एकता प्रस्ताव कार्यान्वयन गर्नेबारे माधव नेपालसँग छलफल भएको बुझिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.