साउन १७, काठमाडौं । मेलम्ची खोलामा गएरातिदेखि एक्कासी बाढी आएको छ ।
रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका जोड्ने रातो पुल बगाएको छ भने बाढी असार १ को जस्तै आएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी गराए ।
मेलम्ची खोलामा रहेको रातो पुल बाढीले बगाएपछि हेलम्बु गाउँपालिकासँगको सडक सम्पर्क टुटेको हो । यसअघि असार १ गते आएको बाढीले पनि उक्त पुल बगाएको थिएन ।

