बालगृहमा कोरोना संक्रमण, २२ जनामा पुष्टि

साउन १५, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा नेपाल बाल संगठन अन्तरर्गत रहेको भीमफेदी बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको एन्टिजेन परिक्षणबाट २२ जनामा संक्रमण पुष्टि भएको हो । बालगृहमा रहेका कर्मचारी र बालबालिकामा गरिएको एन्टिजेन परीक्षणमा २ जना कर्मचारी र २० जना बालबालिका गरि २२ जनामा संक्रमण पुष्टि भएको भीमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले बताउनुभयो । कोरोना पुष्टि भएकाहरुलाई अहिले छुट्टै स्थानमा स्थान्तरण गरिएको जनाइएको छ ।

बिहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना पुष्टि भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.