टोकियो ओलम्पिकः जापानलाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा

साउन १५, काठमाडौँ । जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ। ओलम्पिकको सातौं दिन सकिँदा आयोजक राष्ट्र जापान र अमेरिकालाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

ओलम्पिक अन्तर्गत शुक्रबारसम्म कुल १ सय २४ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ४१ राष्ट्रले स्वर्ण पदक जितेका छन्। चीनले १७ स्वर्ण पदकसहित कुल ३६ पदक जितेको छ। दोस्रो स्थानको जापानले १५ स्वर्ण पदकसहित कुल २६ पदक जितेको छ। यस्तै तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ४१ पदक जितेको छ।

रसियन ओलम्पिक टिम १० स्वर्णसहित कुल ३१ पदक जितेर चौंथो स्थानमा रहँदा अष्ट्रेलिया ९ स्वर्णसहित कुल २२ पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ तथा जर्मनी, नेदरल्याण्ड, क्यानाडा, न्युजिल्याण्ड र फ्रान्सले ३र३ स्वर्ण पदक हात पारेका छन्। २ स्वर्ण जित्नेमा इटाली, हंगेरी, स्लोभानिया, क्रोएसिया र कोसोभो रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २४ रहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.