काेराेना संक्रमण बढ्न थालेपछि सीसीएमसीकाे बैठक बस्दै

साउन १५, काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि सीसीएमसीको बैठक बस्ने भएको छ। शुक्रबार प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा सीसीएमसीको बैठक बस्न लागेको हो।

पछिल्ला केहीदिन यता लगातार कोरोना संक्रमण बढिरहेको छ। कोरोना संक्रमण बढ्नेसँगै तेस्रो लहरको पनि बहस सुरुभएपछि सीसीएमसीको बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेपछि पहिलो पटक सीसीएमसीको बैठक बस्न लागेको छ। यसअघि नै प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण तथा रोकथाम हुने बताइसकेका छन्। लामो समयदेखि डिसीसीएमसीले गरेको निषेधाज्ञा व्यवस्थित गर्दै खुकुलो भएको छ। अझै पनि धेरै भीडहुने फिल्महल, स्वीमीङ, दोहोरीसाझ, रेष्टुरेण्ट लगाएतका व्यवसायहरु खुल्न सकिरहेका छैनन्।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.