साउन १२, काठमाडौँ । गायक हिमाल सागरको ‘तिमी छौ र ’ गीत सार्वजनिक भएको छ । शब्द÷संगीत गायक सागर आफ्नै रहेको उक्त गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ भने मिक्सिङ महेश्वर राजभण्डारीले गरेका छन् ।
सो गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । बिक्की पुलामीको निर्देशनमा रहेको म्यूजिक भिडियोमा कलाकारहरु पूर्ण लम्साल र नन्दिता केसीले अभिनय गरेका छन् । प्रेमील गीतमा आधारित सो म्यूजिक भिडियो अमेरिकामा छायाँकन गरेको निर्देशक पुलामीले जानकारी दिए । शैलेस घलेले छायाँकन गरेको भिडियोको कलर तथा सम्पादन भने रेग्मीले गरेका हुन् ।

