काठमाडौं । जनता समाजवादी पार्टीको विवादमा एकजना केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीले आफूले जेलबाट सनाखत नगर्ने अडान राखेका छन् ।
उनले आफू निर्वाचन आयोग पुगेर मात्रै सनाखत गर्न पाउनुपर्ने अडान राखेको एक पदाधिकारीले जानकारी दिए ।
निर्वाचन आयोगले जसपा विवादमा अहिले हेड काउन्ट गर्दैछ ।
“मैले जेलबाट सनाखत गर्दिन, म निर्वाचन आयोग नै पुगेर हस्ताक्षर गर्छु भनेर अडान राख्नुभएको छ,” आयोग स्रोतले भन्यो ।
तर निर्वाचन आयोगले भने जेलमा पुगेर सनाखत गराउने तयारी गरेको छ ।

