जसपाका सबै कार्यकारिणी सदस्य नागरिकताहित आयोगमा हाजिर हुँदै

साउन ११, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले आज दुबै पक्षलाई आयोगमा बोलाएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सबै सदस्यहरूलाई नागरिकताहित आयोगमा उपस्थित हुन भनिएको छ । जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन् । ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ । पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि आज बोलाएको हो ।

अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिनुभएको थियो । तर हिजो सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेपछि आयोगलाई हस्ताक्षर सनाखत गर्न बाटो खुलेको हो । आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.