खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक : पार्टी एकता गर्नुपर्नेमा जोड

साउन १०, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले छलफल गरेका छन् । आइतबार शंखमुलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा नेताहरूले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् । धेरै सदस्यहरूले पार्टी एकता गरेर जानुपर्ने सुझाव राखेको नेता रघुजी पन्तले जानकारी दिए । उनका अनुसार बैठक भोलि सोमबार पुनः बस्नेछ ।

“एकता गरेर जानुपर्छ भनेर धेरै साथीहरूले राय राख्नुभयो । छलफल टुंगिएको छैन । फेरि बस्छ,” उनले भने । बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा छलफल भएको बताइएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए ।

एमाले एकताका लागि दबाब दिन भन्दै आइतबार सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.