सांसद अमरेश कुमार सिंहले दिए राजीनामा

साउन ६, काठमाडौँ । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर उनले सांसद पदबाट राजीनामा दिएका हुन् आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिएको उनले बताए । समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै राजीनामा बुझाएको सांसद सिंहले बताए । सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.