साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

साउन ४, काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको छ । बैठकले आगामी असोज १ गतेसम्म बाढीपहिरोबाट अत्याधिक क्षति व्यहोरिएका दुई जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको हो । विपद् जोखिम न्यूनीकरण ऐनअनुसार उक्त निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले खोप दाता राष्ट्रहरूलाई धन्यवाद दिँदै खोप उत्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने पनि निर्णय गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.