प्रधानमन्त्री देउवाले खोप केन्द्रको स्थलगत निरीक्षण गर्ने

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार खोरोना भाइरस ९कोभिड(१९० विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन् ।

आजदेखि जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको प्रधानमन्त्री देउवाले स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरबार बोलाएर निर्देशनसमेत दिएका थिए ।

नवनियुक्त प्रधानमन्त्री देउवाले आम नागरिकलाई खोप लगाउने भन्दै आफ्नो प्राथमिकता खोप नै भएको बताउँदै आएका छन् । उनले आइतबार साँझ विश्वासको मत माग्दासमेत आफ्नो प्राथमिकता ‘खोप, खोप र खोप’ नै भएको बताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.