पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु

साउन ३, काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको बैठक आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर बैठकको सुरु गरे।

सभामुख सापकोटाले उनको अनुपस्थितिमा संसद् बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन पनि गरेका छन्।

यसपछि भने बैठकले पूर्वसांसद तथा सभासदहरू विदुर पौडेल, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद शर्मा, योगनारायण यादव, मोहम्मदी सिद्दिकी, शिवबहादुर खड्का, रबनी चौधरी, तप्तबहादुर विष्ट र पशुपति चौलागाईको निधनप्रति शोक प्रस्ताव पारित भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.