प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

साउन ३, काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारीअनुसार यसबारेमा अहिले कार्यव्यवस्था परामर्श समितिको बैठकमा निर्णय हुनेछ । उनले प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी गरेको जानकारी दिए ।

संसद्को बैठक दिउँसो ४ बजे बोलाइएको छ । संसद् सचिवालयले भने अहिले केहीबेरपछि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारेमा कुराकानी हुने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.