साउन २, काठमाडौँ । भक्तपुर चाँगुनारायण नगरपालिका– ६ नगरकोट बस्ने ४१ वर्षीय विरस तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यता दाङको घोराही उपमहानगरपालिका– १३ डुमरगाउँ बस्ने ६८ वर्षीय गन बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा घर्ती लगायत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नगद १ लाख २२ हजार ५ सय १० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका– ४ फिर्केस्थित धादिङ खनियावास घर भएका ६४ वर्षीय रक्चा तामाङको लामा होटलमा जुवातास खेलिरहेको अवस्थामा तामाङ लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका– ७ हाटखोला बस्ने ४० वर्षीय कर्ण बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

