स्रोत नखुलेको ५ लाखसहित सर्लाहीमा एक युवती पक्राउ

असार ३१, जनकपुरधाम । सर्लाहीमा स्रोत नखुलको पाँच लाख रुपैयाँसहित एक जना महिला पक्राउ परेकी छन् ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका– ८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा ३ की ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाभित्र पाँच लाख फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

खातुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.