कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज चीन जाँदै

असार २४, काठमाडौं । कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ ।

‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्याउने छ । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

तर कति परिणाममा खोप आउँछ भन्ने अझै एकिन नभएको मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए। ‘तीन पटक जहाज खोप लिनका लागि चीन जाने छ,’ उनले भने, ‘परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन ।’ पहिलो खेप ल्याइसकेपछि मात्र नेपाल आएको खोपको मात्रा एकिन हुने उनको भनाइ छ । खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । सरकारले सरकार–सरकार ९जिटुजी०मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.