असार १९, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, मूलपानीमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
सडकबाट बा५ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरामाथि खस्दा दुर्घटना भएको हो । उक्त घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका दुईजनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा नुवाकोट, शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र उनकी श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । रासस

