कमला नदीमा लगातारको वर्षाले जलसतह पार, तराईका जिल्ला डुबानमा पर्नसक्ने

असार १७, काठमाडौं । सिन्धुलीको कमला नदीमा लगातारको वर्षाले जलसतह पार गरेको छ । कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको हो ।

कमला नदीको बाढीले असर गर्ने धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । लगातार वर्षा भइरहेकाले राती सम्मै सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले सबैमा अनुरोध गरेको छ । त्यसैगरी तनहुँको बन्दीपुर, विमलनगर, सख्खर र चितवनको कालीखोला वर्षा मापन केन्द्रमा पनि ठूलो वर्षा मापन भएको छ । अतः खहरे खोलामा बाढी आउन सक्ने हुनाले सुरक्षित रहन उक्त क्षेत्रका बासिन्दालाई समेत अनुरोध गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.