सरकारले कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरिरहेको छ– वामदेव गौतम

असार १५, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने र नेपालको कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।

धान दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “नेपालको संविधान २०७२ अनुसार भूमिसुधार गर्ने, किसानका हक अधिकार सुनिश्चित गर्न जस्ता कार्यक्रमसहित हामी समाजवादतर्फ प्रवेश गर्नुपर्नेमा वर्तमान सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने र नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको छ ।”

उनले सरकारले चालेका किसान विरोधी कदम फिर्ता लिन पनि माग गरेका छन् । “सरकारले चालेका सम्पूर्ण किसान विरोधी कदम, नेपालको कृषि क्षेत्रलाई तहस नहस पार्ने सम्पूर्ण क्रियाकलापको म घोर भत्र्सना गर्दछु । नेपाली किसान जनताको हित, न्याय र समृद्धिका पक्षमा विगतमा हामीले गरेका संघर्ष र त्यसबाट हासिल उपलब्धी पनि गुम्ने स्थिति भएका कारण फेरि पनि हामीले किसानका हक, अधिकार र न्यायका पक्षमा संघर्ष गर्नुपर्ने परिस्थितिनिर्माण भएको छ । हामी सरकारले अघि सारेका किसान र कृषि क्षेत्र विरोधी सम्पूर्ण गतिविधि सच्याउन अनुरोध गर्दछौं,” उनको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.