प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्न नेता नेपालको आग्रह

असार १४, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन्।

ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ’ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु।’ विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले यस्तो प्रतिकृया दिएका हुन्।

राम्रो सिस्टम बसाएर मात्र हुँदैन्, राम्रो संस्कार पनि चाहिने बताउँदै नेता नेपालले भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं। यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ, नेपालले भने। त्यसो त यसअघि नेता नेपालले सार्वजनिकस्थलबाटै बालुवाटारबाट प्रधानमन्त्रीको अफर आईसकेको तर म विपक्षीलाई धोका दिन्न भनेका थिए।

त्यसैको प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रममा माधव नेपाललाई प्रधानमन्त्री दिन ‘मलाई बहुला कुकुरले टोकेको छ र‘ भनेका छन्। ओलीको उक्त अभिव्यक्तिलाई चिर्दै नेता नेपालले प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला भन्दै जवाफ फर्काएका हन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.