असार १३, काठमाडौं। नेकपा एमालेले दशौ महाधिवेशन आयोजक कमिठीको बैठक बुधबार बोलाउने निर्णय गरेको छ।
आइबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले असार १६ गते दशौ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउन निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। यसैगरी बैठकले एमालेको सदस्यता नवीकरण छिटो र तीव्रता दिन प्रदेश र जिल्लालाई निर्देशन दिएको छ।
एमालेको नवौं स्थायी कमिटी बैठक भर्खरै सकियो, बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोरोना महामारी, प्राकृतिक विपत्ति र राजनीनिक आयामका विषयमा संक्षिप्त तर गहन छलफल गरियो,’ प्रवक्ता ज्ञवालीले भने, ‘यस विषयमा अझै उच्च तहमा छलफल गर्नुपर्ने देखिएकाले यही असार १६ गते एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकमा काठमाडौंमा राख्ने निर्णय गरेका छौं।’

