काठमाडौं उपत्यकामा आज ३३५ जना संक्रमित थपिए

असार १०, काठमाडौँ । काठमाडौं उपत्यकामा आज ३३५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ। नेपालमा आज २ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८९७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ। यससँगै संक्रमितको कूल संख्या ६ लाख २९ हजार ४३१ जना पुगेको छ।

आज २४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ। आज १२ हजार २३२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख २ हजार ७४९ जनाको पीसीआर र १ लाख ६१ हजार ५४२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.