५० प्रतिशत यात्रु राखेर असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन हुने

असार ९, काठमाडौँ । असार १७ गतेदेखि आन्तरिक हवाइ उडान सञ्चालनमा आउने भएका छन्। सञ्चालनमा आउने भए पनि तत्कालका लागि पचास प्रतिशत मात्र यात्रु राख्न पाइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरि आन्तरिक उडान सञ्चालनको अनुमति दिएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको थियो। मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन्। स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

अन्तर्राष्ट्रियतर्फ पनि नियमित हवाई उडान सङ्ख्या थप गर्ने निर्णय भएको छ। काठमाडौँ–दोहा गन्तव्यमा दुबै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन्। काठमाडौँ–स्तानबुलमा साताको दुई, काठमाडौँ–दुबईमा सातामा चार उडान हुने जनाइएको छ। काठमाडौँ–दमाम गन्तव्यमा दुई, काठमाडौँ–कुवेतमा साताको दुई , काठमाडौँ–मस्कटमा साताको एक र मलेसियामा साताको चार उडान सञ्चालन गरिनेछ। त्यस्तै दक्षिण कोरिया र जापानमा समान एक उडान तथा काठमाडौँ–छेन्दु र ग्वाङजाओ गन्तव्यमा साताको समान एक–एक उडान सञ्चालन हुनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.