भ्याकेटमा जाने ओलीको निर्णयले एकता भङ्ग गर्ने दिशामा जान खोजेको प्रस्ट भयो– नेता नेपाल

असार ७, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका सांसदको पुनर्बहालीविरुद्ध अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको बताएका छन् ।

उनले सोमबार एक वक्तव्यमार्फत जिम्मेवार भएर पार्टी एकता बचाउन आफूहरू लचक भएर प्रस्तुत हुँदा ओलीले त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखिएको पनि बताएका छन् । ओलीले हिजो मात्रै भ्याकेट दर्ता गराएका हुन् । “कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो,” नेपालले भनेका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.