असार ४, काठमाडौं । मेलम्ची खोला फेरि एक्कासी बढेको छ । स्थानीय डम्बर भारतीले सामाजिक सञ्जाल फेसबुकमार्फत यसअघि बढेको भन्दा चार मिटर माथि बाढी आएको जानकारी गराएका छन् ।
उनले काठपात बगाएको जानकारी गराउँदै नजिक रहेका स्थानीयलाई सचेत रहन आग्रह गरेका छन् । त्यसक्षेत्रमा बिजुली बत्ती पनि छैन । मेलम्ची क्षेत्रमा पानी नपरे पनि माथिबाट ढुंगा र माटोसहितको लेदो आएर नदी बढेको उनले जनाएका छन् ।

