समाजसेवी याङ योञ्जनबाट पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

असार ४, काठमाडौं । समाजसेवी याङ योञ्जनले पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । योञ्जनले कोरोना कहरमा फ्रन्टलाईनमा खटिएका पत्रकारहरुलाई आज गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा मास्क, स्यानिटाईजर हस्तान्तरण गर्नु भएको हो ।

पोहोर कोरोनाका कारण सिर्जित लकडाउनपछि गरिव, मजदुर, अपांगता भएका परिवार, विरामीहरुका साथै सयौं लकडाउन पिडित परिवारहरुलाई खाद्यान्न वितरण गर्नु भएका समाजसेवी योञ्जनले यस वर्ष पनि निषेधाज्ञाका कारण पिडितहरुलाई स्वास्थ्य सामग्री लगायत, खाद्यान्न वितरण गर्दै आउनु भएको छ ।

आउने सोमबार काठमाडौंमा १५ जना पत्रकारहरुलाई स्वास्थ्य सामग्रीका साथै खाद्यान्न वितरण गर्ने कार्यक्रम भएको योञ्जनले जानकारी दिनु भयो । मानव भए पछि मानवको दुःखमा सहयोग गर्नु पर्ने भावना बोकेर आफूले सक्दो सहयोग गरिरहेको समाजसेवी योञ्जन बताउनु हुन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.