जेठ ३१, काठमाडौँ । नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि एबम युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले यज्ञडोल जगडोल सामुदायिक बनमा निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण गरेका छन।
सोमबार मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०७८÷ ७९को बजेट बक्तव्य मार्फत निर्णय भए बमोजिम काठमाडौंको यज्ञडोल जगडोल सामुदायिक बनमा युनेस्को संग्राहलय ग्राम निर्माणका लागि स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणकै क्रममा उनले सो स्थानमा वृक्षारोपण समेत गरेका थिए । उक्त कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा. बाबुराम अधिकारी र राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोल जगडोल सामुदायिक बन पर्या पर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले स्वागत गरेका थिए भने अध्यक्ष सिग्देलले राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माणको हाल सम्मको बस्तुस्थिति ,प्रगति बिवरणका साथै भाबि योजना एबम समस्याका बारेमा जानकारी गराएका थिए ।
निरीक्षण तथा अवलोकनमा प्रतिनिधि सभा सदस्य कृष्ण राइ, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

