काठमाडौं उपत्यकामा असार १ देखि लागु हुने निषेधाज्ञामा यस्तो छ व्यवस्था

जेठ ३०, काठमाडौं । काठमाडौं उपत्यकामा आउँदो असार १ गतेदेखि लागु हुने गरी नयाँ निषेधाज्ञा जारी गरिएको छ । असार ७ गतेसम्मका लागि नयाँ निषेधाज्ञा जारी गरिएको हो ।

नयाँ निषेधाज्ञामा तरकारी, फलफूल, खाद्यान्न पसल, दूध डेरी, मासु, ग्यास पसलहरु, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यस्तै, तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपक्षीजन्य पदार्थ, भेटनरीसम्बन्धी कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाइमा प्रयोग गरिने मास्क÷ साबुन÷ स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, बिउलगायत सामग्री ढुवानी गर्दा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ९ देखि बिहान ११ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाइनेछ । निर्माण सामग्री ढुवानीका लागि सवारी–साधन राति ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेलगायत व्यवस्था गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.