देशैभर रासायनिक मल अभाव

जेठ ३०, काठमाडौँ । धानबाली रोप्ने बेलामा देशैभर रासायनिक मल अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । धान रोप्ने बेलामा तथा रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई मल चाहिन्छ । तर, यसै बेला देशभरि नै मल पाइन छाडेको छ ।

मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनीले समयमा आयात गर्न नसक्दा किसान समस्यामा परेका हुन् । नेपाल मलमा पूर्णतः परनिर्भर छ । चाहिएको बेला कम्पनीले नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ । धानबालीलाई मल अभाव हुन नदिनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ बजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले एक साताअघि मात्र बजेट निकासा गरेको हुँदा समयमा मल ल्याउन नसकिने कृषि मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले यस वर्ष धानबाली रोप्ने समयमा किसानले मलको समस्या भोग्नुपर्ने अवस्था देखिए पनि यसको समाधान गर्ने बताए । उनले भने, ‘तत्काल समस्या समाधान गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिइसकेका छौं । मलको अभाव हुन दिन्नौं । वैकल्पिक उपाय लगाएर पनि आपूर्ति गर्छौं ।’ मन्त्री खनालले आगामी दिनमा मलको अभाव हुन नदिन यसको भण्डार क्षमता विस्तार गर्ने योजना मन्त्रालयले अगाडि सारेको बताए ।– राजधानीबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.