मिसन सफल पार्न प्रहरी र नागरिकबीच परस्पारिक सम्बन्ध अनिवार्य

साउन २८, काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेका टोल–टोलमा प्रहरी अभियानले प्रहरी र नागरिकविच सकारात्मक सम्बन्ध स्थापित भएको महानगरिय प्रहरी वृत्त बानेश्वर काठमाडौंका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताए ।

शनिवार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा बोल्दै वृत्त प्रमुख काफ्लेले प्रहरीको मिसन सफल पार्न प्रहरी र नागरिकको परस्पारिक सम्बन्ध अनिवार्य रहेको उल्लेख गरे । नागरिकहरुसंग नजिक भएर काम गरेको खण्डमा मात्र सूचना प्राप्त गर्न सकिने र त्यहि सूचनाकै आधारमा समाजमा घट्ने विभिन्न खाले सामाजिक अपराध नियन्त्रण गर्न सहयोग मिल्ने बताए । उनले भने– ‘प्रहरी संगठन नागरिकसंग भिज्न सक्ने सम्बन्ध स्थापित गर्नसके नेपाल प्रहरीले आशा गरेको लक्ष्य पूरा हुन्छ ।’ त्यहि मिसनहरु परिपूर्ति गर्न प्रहरी अधिकृतहरु टोल–टोलमा गएर नागरिकहरुसंग भेटघाट, घरदैलो तथा अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने बताए ।


प्रहरीको अभियानमा स्थानिय नागरिकको सहभागिता सहित कोटेश्वर, नयाँ बानेश्वर क्षेत्रका अव्यवस्थित पार्किङ हटाउने, होस्टल अनुगमन जस्ता कार्य तिब्र रुपमा अगाडी बढाईरहेको जानकारी दिदैं होस्टल बस्ने विद्यार्थीहरु कुलत तथा दूव्र्यसनी र हुनसक्ने संभावित घटनाबाट बचाउन प्रहरीको अनुगमन अभियानलाई साथ दिदै आएको सामाजिक अभियान्त सार्कीमान लामाले बताए । अपराध नियन्त्रणसंगै जनता र प्रहरीबीच विश्वासको वातावरण कायम राख्न सूचना प्रदान तथा सावधानीका चेतनाहरु प्रचारप्रसार गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.