वागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास, नेपालपक्षको पनि समर्थन

जेठ २९, काठमाडौँ । वागमती प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ। एमालेको माधव नेपालपक्ष र प्रधानमन्त्री केपी ओली दुवै पक्षका सांसदहरुले नीति तथा कार्यक्रमलाई समर्थन गरेका छन्।

यस्तै, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन अस्वीकार गरे भने राप्रपाका दुई सांसद तटस्थ बसे। वागमती प्रदेश सरकारको चौंथो नीति तथा कार्यक्रम बहुमतले पास भएको हो। आज बिहान बसेको नेकपा एमाले वागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्तरूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदहरुलाई निर्देशन दिएका थिए।

वागमतीमा हाल सभामुखसहित १०९ सांसद मध्ये ५६ जना नेकपा एमालेका रहेका छन्। प्रदेशसभामा अब असार एक गते बजेट आउनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.