वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य हुँदैन : गगन थापा

जेठ २९, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन् ।

वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता गापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै भने, ‘नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।’

उनले अगाडि भने, मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ। अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.