आज ३ हजार ९६६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

जेठ २४, काठमाडौँ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ९६६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये १ हजार १४९ वटा गाडी र २ हजार ८१७ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड– १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ? ’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५४२ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६१६ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ७५ हजार ३०० रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ६९८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.