कतार एयरवेज समूहद्वारा वातावरणीय प्रतिबद्धतालाई थप सुदृढ

जेठ २३, काठमाडौं । विश्व पर्यावरण दिवसको अवसरमा कतार एयरवेज समूहले यसका प्रमुख वातावरणीय संरक्षण गर्ने प्रतिबद्धतालाई थप सुदृढ गरेको जनाएको छ । एयरलाइन, एयरपोर्ट अपरेसन, उड्डयन र खानपान सेवा, खुद्रा आउटलेट र होटेलहरूसहित कतार एयरवेज समूह आफ्ना सबै संस्थाहरूमा वातावरणीय नेतृत्वमा समर्पित रहँदै आएको जनाएको छ ।

कतार एयरवेज मध्यपूर्वको पहिलो आईएटीए वातावरणीय मूल्यांकन कार्यक्रम (आईएनवा) मा उच्च स्तरमा मान्यता प्राप्त एयरलाइन हो भने २०२२ सम्म यात्रु क्षमता ५.३ करोड सम्म पुर्‍याउने लक्ष्य बोक्ने क्रममा यसको हब, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट उक्त क्षेत्रको पहिलो फोर स्टार ग्लोबल सस्टेनेबिलिटी असेस्मेन्ट सिस्टम (जिएसएएस) रेटिङ प्राप्त एयरपोर्ट हुनेछ भने यसको टर्मिनल पनि एलईईडी रजत प्रमाणित भवन बन्ने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.