सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यसवर्षको परीक्षा पनि आन्तरिक मूल्याङ्कन (सम्बन्धित विद्यालयको) अनुसार नै गर्ने निर्णय भएको ज्ञवालीको भनाइ छ । गत वर्ष पनि कोरोना कहरका कारण यही विधि अपनाइएको थियो । यस वर्ष पनि नयाँ भेरियन्टका कारण एसईई परीक्षामा आन्तरिक मूल्याङ्कनलाई नै आधार बनाउन लागिएको हो ।

