पूर्व प्रधानन्यायाधीशप्रति प्रधानमन्त्री ओली आक्रोशित

जेठ १७, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पूर्व प्रधानन्यायाधीशप्रति आक्रोशित भएका छन्। पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले एक विज्ञप्ति जारी गर्दै संसद विघटनप्रति विरोध जनाएका थिए।

सरकारले पहिलो पटक संसद विघटन गर्दा पनि उनीहरुले विरोध जनाउँदै सो विघटन असंवैधानिक भएको बताएका थिए। यसरी पूर्व प्रधानन्यायाधीशहरुले संसद विघटनलाई असंवैधानिक भन्दै विज्ञप्ति जारी गरेपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका हुन्। उनले सोमबार एमाले निकट युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पूर्वहरुले सडकमा तमाशा देखाएको बताएका छन्। आफ्नो पालामा केही नगर्ने अहिले राज्यबाट पेन्सन खानेहरुले ताण्डप गरेको उनको आरोप छ।

प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि भइरहेका बसहमा उठेका प्रश्नप्रति पनि आफ्नो आक्रोश पोखेका छन्। उनले कालोकोटधारीहरु आफूले लेखेको फैसला सुनाउने न्यायाधीश चाहियो भन्दै तमासामा लागेको बताएका छन्। ती रिटमाथि सुनुवाई गर्न गठित ५ सदस्यीय संवैधानिक इजलासका २ जना न्यायाधीशबारे रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले प्रश्न उठाइरहेका छन्। न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश बमकुमार श्रेष्ठमाथि अधिवक्ताहरुले प्रश्न उठाएको विषयमा प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका हुन्।

यस्तै पूर्व अर्थमन्त्री योजना आयोगका पूर्व उपाध्यक्षहरुले सरकारलाई पूर्ण बजेट नल्याउन सचेत गराएकोमा पनि प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरेका छन्। उनले पूर्वहरुको विषाक्त विचारबाट देशलाई मुक्त पारिनेसमेत बताएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.