काभ्रे डाँडापारीका नागरिक सिटामोल लिन दुई घण्टा पैदल

जेठ १७, काभ्रे । काभ्रे जिल्लाको विकट डाँडापारिका बासिन्दा सामान्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य विकासका अत्यावश्यक पूर्वाधारका रूपमा लिइन्छ ।

यस क्षेत्रका नागरिक भने अहिले पनि सिटामोल पाउन कै लागि घण्टौँ पैदल हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यतामा रहेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–१ को सुकुम, झिङ्गे, लामीडाँडा तेर्साबाटा, कलङसिङका बासिन्दा साधारण औषधि सिटामोल पाउनका लागि पनि दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।

उनीहरू सामान्य औषधिका लागि वडामा रहेको च्याम्राङबेँसी स्वास्थ्य चौकीमा सेवा लिन आउनुपर्दा दैनिक दुई घण्टा आउन दाहालले साधारण चोटपटक लाग्दा होस् या अन्य स्वास्थ्य सुविधा आवश्यक पर्दा दुई घण्टाको बाटो हिँडेर च्याम्राङबेँसीसम्म पुग्नुपर्ने बाध्यता रहेको बताए । स्वास्थ्य सल्लाह लिन पर्‍यो भने पनि च्याम्राङबेँसी स्वास्थ्य चौकी रहेको क्षेत्रमा फोन लाग्दैन । गाउँपालिका बनेपछि सबै सुविधा सहज हुन्छ भन्थे एक चक्की सिटामोल लिन पनि दुई घण्टा हिँड्नुपर्छ, उनले दुःखेसो गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.