कोरोनाको नक्कली औषधि बेच्ने ३५० जना पक्राउ

जेठ १७, काठमाडौँ । भारतमा कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय भएको पाइएको छ ।

कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा  ३५० जना पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।  भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको वरिष्ठ प्रहरी अधिकारी प्रेम नाथले जनाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.