पछिल्लो २४ घण्टामा ६ हजार ८० जना निको भए, ११६ जनाको मृत्यु

जेड १५, काठमाडौँ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये ६ हजार ८० जना निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ।

नेपालमा आज ४ हजार ४८७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १७६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५०९ रहेको छ। यससँगै संक्रमितको कूल संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको छ। आज ११६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ।

आज १४ हजार ७५२ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३० लाख ३१ हजार ३८३ जनाको परीक्षण गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.