स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता

जेठ १४, काठमाडौं । बाँकेस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्नेहरूविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको जिप्रका बाँकेले जनाएको छ । प्रहरीले अस्पतालमा कुटपिट गर्नेहरू तीन जनालाई पक्राउ गरेको थियो। उनीहरू तिनै जनाविरूद्ध ज्यानमार्ने उद्योगको मुद्दा दर्ता भएको हो। पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका ११ बस्ने ५० वर्षीय भरत बहादुर रावत, ४६ वर्षीय मान बहादुर रावत र ३० वर्षीय लोकराज रावत रहेका छन् ।

अस्पतालमा जेठ ४ गतेदेखि उपचाररत दाङ तुल्सीपुर उपमहानगरपालिका ११ वस्ने ५२ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु अस्पतालभित्र प्रवेश गरि ईसिजि मेसिन, झ्याल, ढोका तोडफोड गर्नुका साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात, अभद्र व्यवहार गरेका थिए ।

सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक समेतको टोली खटि गई उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिप्रका बाँकेले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.