चुनावी सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

जेठ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई चुनावमा सहभागी हुन आग्रह गरेका हुन्।

प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे।

ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गरे ।

त्यस्तै ओलीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणका दोषीलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भएसरह दण्डनीय हुने बताएका छन्।

कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.