एमालेद्वारा सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई स्पष्टीकरण

जेठ १३, काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेशका सरकारमा सहभागी पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । एमालेको स्थायी कमिटी बैठकले सोमवार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो। तर बुधबार प्रदेश संसदीय दलको बैठकले भने केन्द्रको निर्देशन कार्यान्वयन नगरी माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.