नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

चीन सरकारले नेपाललाई थप १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ।

बुधबार दिउँसो खोप उपलब्ध गराउने भन्ने घोषणा राष्ट्रपति सी जिनफिङले गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत जानकारी दिएकी छिन्।

During todayÚs phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID–19 vaccines to Nepal under grant assistance.

त्यसो त आजै राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी चिनियाँ राष्ट्रपतिसँग टेलिफोन कुराकानी भएको थियो।

लगत्तैले राष्ट्रपति सी चिनफिङले यस्तो घोषणा गरेका हुन्। चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिइसकेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.