रिटमा हस्ताक्षर अघि माधव पक्षको भेला सिंहदरबारमा

जेठ १०, काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर निवर्तमान सांसदहरूको भेला सिंहदरबारमा भएको छ। भेलामा विपक्षी गठबन्धनले तयार गरेको रिटमा हस्ताक्षर गर्ने पक्षमा आन्तरिक छलफल भइरहेको छ।

निवर्तमान सांसद भवानीप्रसाद खापुङले छलफलपछि हस्ताक्षर गर्ने बताए। केही निवर्तमान सांसदले भने वारेसनामा दिएका छन्। हस्ताक्षरपछि भने हस्ताक्षरकर्ता नेपाल पक्षसँगै गठबन्धनमा रहेका अन्य पार्टीका निवर्तमान सांसदहरू सर्वोच्च अदालत जाने भएका छन्। यसरी सर्वोच्च जाने निवर्तमान सांसदहरूको सङ्ख्या १४९ भन्दा बढी रहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार बताएका थिए।

रिटमार्फत प्रतिनिधिसभा पुनःस्थापना र बहुमतको विपक्षी गठबन्धनसँग भएको दावी गर्दै संविधानको धारा (७६) को (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न गठबन्धनले माग गर्ने भएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.