जेठ ७, काठमाडौं । नरदेवी आयुर्वेदिक अस्पतालमा शुक्रबारदेखि ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । आइसोलेसन सञ्चालन गर्न काठमाडौं महानगरपालिका र अस्पतालबीच गएको वैशाख २७ गते सम्झौता भएको थियो ।
एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामग्रीका लागि र नियमित खर्च गर्नुपर्ने कामका लागि महानगरले अनुदान उपलब्ध गराउनेछ । अस्पतालको क्षमता ११८ बेडको हो । अहिले २५ बेडको एचडीयू र २५ बेडको आइसोलेसनबाट सेवा थालिएको हो ।
अस्पतालले आयुर्वेदतर्फ सातजना कन्सल्टेन्ट र आधुनिक चिकित्सातर्फ दुई कन्सल्टेन्टसहित १२ जना आयुर्वेद चिकित्सक, चारजना मेडिकल अफिसर, २२ नर्सिङ स्टाफ, दुईजना फिजियो थेरापिस्ट, १५ जना आयुर्वेद स्वास्थ्यकर्मी, लेखा प्रशासन पाँच र सफाइ तथा सहयोगी कर्मचारी २५ जनालाई आइसोलेसनका लागि खटाएको जनाइएको छ ।

